सिमरा १४ असोज बारामा कोरोना कहरका बिच बिधालयहरु थमाथम सञ्चालन हुन थालेपछि बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाई बाराले निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित प्रमुख बृजकिशोर प्रसादले सोमबार एक सूचना जारी गर्दै कोरोना भाइरसको महामारीका कारण अवरुद्ध नियमित विद्यालय शिक्षालाई अर्को व्यवस्था नहुन्जेल सम्मको लागि बिद्यार्थीहरुलाई कक्षा कोठामा बोलाएर पढाउँन रोकिएको जनाएको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका , २०७७ जारी भएको र सोही अनुसार सिकाई सहजीकरण गर्न अनुरोध गरेको छ । बिद्यालय खोल्न नगर र शिक्षा समितिले खोल्ने निर्णय नगर्दै बिद्यालय खोलेर बिद्यार्थिहरुलाई जोखिम पार्न नहुने बताईएको छ ।
बारामा निर्देशिका विपरीत अधिकांश विद्यालयहरु ले विद्यार्थीहरुलाई कक्षाकोठामा समेत बोलाई पठनपाठन गर्न सुरु गरेका छन् ।