शोकमा डुबेको बाराको बस्तीमा प्रदेशका मुख्यमन्त्रीको बेवास्था –सोनल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जितेन्द्र सोनलद्धारा ५० हजार रुपैयाँ आर्थिक सहयोग

कलैया । बारामा बिहेको रथले दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भएको घटनाका कारण पुरै दलित बस्ती शोकमा डुबेको भएपनि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त घटनाबारे अझै चासो नलिनु दुःखद भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले बताउनु भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिकामा बिहेको रथले दुर्घटनामा परी मृत्यु भएका २ जनाको परिवारलाई सोनलले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै यस्तो बताएका हुन ।

माघ १० गते सञ्जय महराको बिहेमा प्रयोग भएको भारतीय रथ अनियन्त्रित हुँदा घाइते भएका १६ जना र दुई मृतक परिवारलाई सोनलले सहयोग गरेका हुन ।

घाइतेहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट पूर्व मन्त्री समेत रहेका नेता सोनलले आफनो तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content