कलैया । बाराको बिश्रामपुर गाउपालिकाकाको आफ्नै प्रशानिक भवन उद्धघाटन भएको छ । अध्यक्ष अमिरी पालले गाउपालिकाको भवन उद्धघाटन गरेका हुन । भवन उद्धघाटन गर्दै अध्यक्ष अमिरी पालले आफनै कार्यकालमा भवन बनाएर उद्धघाटन गर्न पाउँदा आफुलाई गर्व महसुस भैरहेको बताएका छन ।
गाउपालिकाको काम गर्न कर्मचारीहरुलाई प्रशासनिक भवन नहुदा समस्या भईरहेकोमा भवनले सहजता प्रदान गर्ने पालले बताए । अध्यक्ष पालले बिधिवत रुपमा यसको पुजा अर्चना गरि उदघाटन गरेका हुन । यो एतिहासिक दिन भएको अध्यक्ष पालले बताए ।
अब सबै कर्मचारीहरुले खुशिका साथ आ आफ्नो फाटका काम गर्न सक्ने र जनताको काम छिटो छरितो हुनुकासाथै सहजतता हुने बताएका छन । चार कठा १० धुर जग्गामा निर्माण गरिएको नव निर्मित नयाँ भबनमा ७ कोठा रहेको छ । करिब एक करोड ५० लाख लागतमा सम्पन्न भएको हो ।
गाउपालिकाको बजेटबाट २ बर्षमा निर्माण भएको नवनिर्मित गाउपालिका भवन उदघाटन समारोहमा सम्पुर्ण गाउँ कार्यपालिका सदस्य, निमित प्रमुख प्रशासकिय अधिकृत दिपकलाल पाल, स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेन, कर्मचारी, गाउपालिकाका विभिन्न पार्टी प्रतिनिधि,नागरिक समाज लगायतकाको उपस्थिति रहेको थियो ।