बारा । मधेश प्रदेशका स्थानीय तहका जनप्रतिनिधहरुले बैशाखमा स्थानीय तहको निर्वाचन भए सविधानले दिएको पाँच बर्षको समय कार्यकाल नपुग्ने भन्दै बिरोध गरेका छन ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले संबैधानिक व्यवस्था अनुसार ५ वर्षको कार्यकाल नसकुञ्जेल अर्को निर्वाचन गराउनु निर्वाचित जनप्रतिनिधिहरुको अधिकारलाई बञ्चित गराउनु भएको बताउनु भएको छ । असोज २ पछि मात्रै पाचबर्ष समय पुग्ने भएकोले बैशाखमा निर्वाचन गर्दा आफुहरुलाई अन्याय हुने बताउनु भयो ।
मधेस प्रदेसका स्थानीय तहका जनप्रतिनिधिहरु पुरा समय पाँचबर्ष काम गर्न नपाए सबैधानिक ब्यबस्था अनुसार अदालतको ढोका समेत जान बाध्य हुने बताएका छन् ।
पाँचबर्ष अबधि पुगेपछि मात्रै निर्वाचन गर्न लोसपाको माग – अध्यक्ष जितेन्द्र सोनल
यता लोकतान्त्रीक समाजवादी पार्टी लोसपाले पनि मधेश प्रदेशमा स्थानिय निकाय चुनाव असोज २ पछि मात्रै गर्न माग गरेको छ ।
स्थानिय निकायको निर्वाचन मधेश प्रदेशमा २०७४ असोज २ गते भएको जनाउदै सबिधान अनुसार ५ वर्षको कार्यकाल नसकुञ्जेल अर्को निर्वाचन गराउनु निर्वाचित जनप्रतिनिधिहरुको अधिकारलाई बञ्चित गराउनु सरहको भएको बताईएको छ । लोसपाले पाँचबर्ष अबधि पुगेपछि मात्रै निर्वाचन गर्न माग गरेको हो ।
लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले आज बिज्ञप्ती जारी गर्दै संबैधानिक व्यवस्था अनुसार पाँचबर्ष काम गर्न दिनुपर्ने बताएका छन् ।
‘निर्वाचित पदाधिकारीहरुलाई १ दिन पनि कामबाट बञ्चित गरिनु संबिधानको मर्म विपरित हुने भएकोले पनि अन्य पाँचबर्ष पुगेकाहरुको हकमा लोसपाले बैशाख ३० गते स्थानिय निकाय निर्वाचन गर्ने निर्णयको समर्थन गर्ने उनले बिज्ञप्तीमा बताएका छन । नेता सोनलले मधेश प्रदेशमा भने संबिधान बमोजिम नै चुनाव गराउन सरकार, निर्वाचन आयोग तथा सम्बन्धित निकायसंग माग गरेका हुन् ।