बारामा लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । शसस्त्र प्रहरी टोलीले बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवामा लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरेको छ । बारामा पटक पटक लागु औषध पक्राउ परेपनि कारोवारीहरु भने पक्राउ परेका छैनन ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले सो लागु औषध गाजा पक्राउ परेको डिआइजी गणेश ठाडा मगरको निर्देशनमा मंगलबार राती बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागू औषध गाँजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताए । विगत केही समय बारामा गाजा खेती र कारोबार बढदै गएपनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content