तराईमधेश द्रुतमार्ग आयोजनाले करारमा कर्मचारी माग्यो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं –तराईमधेश द्रुतमार्ग सडक आयोजनाले करारमा छ जना जनशक्ति माग गरेको छ ।

बुधवार सूचना सार्वजनिक गर्दै आयोजनाले विभिन्न पदमा ६ जना कर्मचारी मागेको हो । हाईवे डिजाईन ईन्जिनियर दुई जना, बृज स्टक्चर डिजाईन ईन्जिनियर दुई जना, टनेल ईन्जिनियर २ जना गरी छ जना माग गरेको हो ।

विज्ञापनमा आवेदन दिन इच्छुकले विज्ञापन खुलाइएको मितिले १५ दिनभित्रमा दरखास्त दिनुपर्नेछ । तलव तथा भत्ता आयोजनाको नियमअनुसार दिइने उल्लेख छ ।

शेयर
प्रतिक्रिया
Skip to content