नेपाली कांग्रेस बारा सहित १६ जिल्लाको अधिवेशन यही फागुन १३ गते हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाली कांग्रेसले बाँकी रहेका १६ जिल्लाहरूको अधिवेशन यही फागुन १३ गते हुने भएको छ । कोभिड–१९ को कारण पटक पटक तय भएर पनि रोकिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली काग्रेसको केन्द्रिय कार्य सम्पादन समितिले निर्वाचन समितिलाई मिति घोषणा गर्ने अधिकार दिएसगै समितिले मिति घोषणा गरेको हो । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर अधिवेशन गरिने समितिले जनाइएको छ ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ । ६१ जिल्लाको अधिवेशन भने यसअघि नै कांग्रेसले सम्पन्न गरिसकेको छ।

 

साथै १६ जिल्लाको महासमिति सदस्य निर्वाचन हुन बाकी भएमा सोही दिन महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यको निर्वाचन गरिने समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए ।

बारामा निर्वाचनको मिति घोषणा भएसगै उम्मेदबारहरुले चुनावी प्रचारप्रसारको अभियानलाई तिब्र पारेका छन ।

 

बारामा हालसम्म प्रचारप्रसारमा सभापतिका तीन उम्मेदबार मैदानमा देखिएका छन । देउवा समुहको बच्र्चस्व रहेको बारामा देउवा समुहबाट कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादब र संगठन विभागका प्रमुख शम्भु बहादुर बुढाथोकी रहेका छन भने देउवा ईतर समुहबाट रामानन्द यादब चुनाबी मैदानमा छन् ।

शेयर
प्रतिक्रिया
Skip to content