निजगढमा तिलगंगा आँखा अस्पतालको सेवा सुरु

तराइ संचार
तराइ संचार 890 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । तिलगंगा आँखा अस्पतालले निजगढमा सेवा सुचारु गरेकोछ । अस्पतालले निजगढमा सोमबारदेखि सेवा सुरु गरेकोहो । नेपाल आँखा कार्यक्रमले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन गर्दै आँखा उपचार सेवाको सुरुवात गरेकोहो । नेपाल आँखा कार्यक्रमले सोमबार नै निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको शिलान्याश समेत गरेकोछ ।

अस्पतालको सेवा उद्घाटन र भवन शिलान्याश निजगढका मेयर सुरेश कुमार खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृत घिमिरेले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर सुरेश कुमार खनालले निजगढमा तिलगंगा आँखा अस्पताल संचालनमा ल्याउने आफ्नो वर्षौदेखिको लक्ष प्राप्ती भएको बताउनुभयो । आँखा अस्पताल सन्चालनमा आएसङ्गै बारा,पर्सा,रौतहट,मकवानपुर,सर्लाही लगायत मधेसका विभिन्न जिल्ला र सिमावर्ती भारत बिहारका नागरिक समेत लाभन्न्वित हुने मेयर खनालले बताउनुभयो । करीब १० करोडको शुरुवाती लागतमा निर्माण हुने अस्पताल भवन निर्माण पश्चात् अस्पतालले निजगढ बाटै शल्यक्रिया लगायत सम्पुर्ण सेवा सन्चालन गर्ने नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृत घिमिरेले बताउनुभयो ।

दुई वर्ष भित्र भवन निर्माण गरीसक्ने लक्ष रहेको घिमिरेले बताउनुभयो । अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाले वडा नम्बर ९ म रहेको प्राथमिक स्वास्थ केन्द्र नजिक जग्गा उपलब्ध गराएकोछ । अस्पताल निर्माणका लागि निजगढक मेयर सुरेश कुमार खनाल र नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ बिच २०७५ कार्तिक ९ गते सम्झौता भएकोथियो ।

शेयर
प्रतिक्रिया
Skip to content