निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बन र पर्यटनमन्त्री सहितको अबलोकन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 902 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारामा बिगत झण्डै तिन दशक देखि चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण शुरु गर्नका लागि पर्यटन र बन मन्त्री सहितको टोलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
सरकारी स्तरमा पर्यटन र वन मन्त्री सहित पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको निरक्षण तथा अनुगमनले एक पटक जनतामा फेरी विमानस्थल निर्माण प्रति आशा जगाएको छ ।

बारा क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य एंव संघिय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ सहित प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरु एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहिको टोली आज विमानस्थल बन्ने स्थलका स्थायीवासीहरुसँग समेत अन्तरक्रिया गरेको छ। टोलीले टागियाबस्तीको अवलोकन गर्दै स्थानीयहरुसँग अन्तरक्रिया गरेको हो ।

टागिया बस्तीमा रहेका १५ सय घरलाई सार्न वा क्षतिपुर्ति बापत रकम लिन के गर्ने अन्यौल भईरहेका बेला समितिले अबलोकन गरेको हो । जहाँ १२ हजार जनाको बसोबास रहेको छ । विमानस्थल निर्माण गर्ने गरी दतयारी र काम अघि बढी रहेको अनुगमनमा सहभागी बनमन्त्री राम सहाय यादबले बताए ।


स्थानीयवासीहरुको मागलाई उचित तवरले सम्बोधन गरि निर्माण कामलाई अघि बढाउने तयारी भएको सहभागीहरुले बताएका छन् । टोलीमा पुर्व प्रधान मन्त्रि एवंम नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, सचिवहरु,  बाग्मती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका मन्त्रीहरु, संघिय सांसद, नेता तथा नेपाल सरकारका सचिवहरु सहित करिब ३ दर्जन उच्चपदस्थ टोलीमा सहभागि थिए । मन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।

 

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जुनसुकै मुल्यमा निजगढ विमानस्थलको कामलाई तिव्रता दिने योजना सुनाए । टाँगियाका जनतालाई उच्च प्राथमिकतामा राखेर स्थानातरण गर्ने विषयमा सरकार गम्भिर ढंगले लागेको पर्यटन मन्त्री आलेले बताए । यसकार्यको थालनि भैसेकेको भन्दै आलेले यसै सरकारले स्थानियको उचित ब्यवस्थापन गर्दै विमान स्थल निर्माणलाई तिब्रता दिने बताए । नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसले अघि सारेको योजना भएकाले काँग्रेस यसकार्यलाई सफल पार्ने पयत्नमा रहेको बताए ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १६ को सो बस्तीमा १ हजार ४७६ बढी घरपरिवारमा १२ हजारबढी मानिस बसोबास गर्दै आएका छन् । यहाँ हालसम्म बत्ति विजुली, टेलीफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रोे सुविधा छैन । सामान्य जीवन यापनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारी अवरोधले यहाँका मानिसले बर्षौदेखी दुःख भोग्दै आउनु परेको स्थानिय रमेश सापकोटा बताए ।

शेयर
प्रतिक्रिया
Skip to content