प्रजातन्त्र दिबसमा सार्वजनिक विदा दिन नेता पराजुलीको माग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 874 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपाली काग्रेसका नेता एवम संबिधान सभा सदस्य डा. शोभाकर पराजुलीले आज फागनु ७ गते प्रजातन्त्र दिबसका उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिन माग गरेका छन् ।

नेपालमा रैतीकोरुपमा रहेका नेपालीहरु एउटै साझा पहिचान नेपाली लिएर भएको आन्दोलनमा सम्पुर्ण नेपाली जनता उत्रिएर रैतीबाट सार्वभौम जनता भएको ऐतिहासिक दिनमा विदा हुनु पर्ने उनले आज एक प्रेस नोट जारी गर्दै यस्तो बताएका हुन ।

हिमाल पहाड र मधेशलाई जोड्ने राष्ट्रिय एकताको दिवस आजको दिन भएकोले यस दिनलाई राष्ट्रिय एकताको दिवसकारुपमा उल्लास र उत्साहकारुपमा मनाउन राज्य गम्भिर हुनुपर्ने पराजुलीले माग गरेका छन् । आजको दिन नेपाल र नेपालीका लागि अबिश्मरणीय दिन भएको नेता पराजुलीले बताए ।

आज ७२ औं प्रजातन्त्र दिवस सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौम सत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content