सिकेन्द्र पासवान
बारा । फेटा गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादको ईसरामा कसैलाई जानकारी नै नदिई अचानक फेटा बजारमा सडक खन्न आएकाहरुलाई स्थानियहरु लखेटेका छन ।
वडा नम्बर ३ मा पर्ने बजार क्षेत्रको करिब आधा किलो मिटर सडकलाई ढलान गर्न सडक खन्नका लागि ठेकेदार अरबिन्द साह तेलीले डोजर, जेसबी लिएर आईतवार एका बिहान बजारमा आएपछि यसको बजेट कति छ, उपभोतmा समितिमा को को छ भनेर सोध्दा खेरी तिनीले कसैको नाम नबताएको कारणले पनि यो ठेक्कामा पालिका अध्यक्ष अमिरीले मोटो कमिसनको चलखेल गरि यो ठेक्का दिएको भन्दै करिब ५ सयको हाराहारीमा आएको स्थानियहरुले बाटो खन्न नदिई ठेक्कदार र पालिकाका अध्यक्षलाई त्यहाँबाट धपाएको नेपाली काँग्रेस फेटा गाँउपालिकाका सभापति मनोज कुमार साहले जानकारी दिए ।
बजारमा करिब २ सय घरधुरी रहेकोमा कसैलाई पनि कुनै प्रकारको जानकारी नदिई मोटो कमिसनको खेलमा लुकी छिपी आफु मनगाली आफना आसेपासेका मान्छेलाई उपभोतmा बनाई ठेक्कदारलाई ठेक्का दिई सडक खन्न आएपछि स्थानियहरुको प्रतिकारका कारण सडक खन्न छोडेर तिनीहरु भागेका नेकपा एसका नेता रामसुन्दर प्रसाद गुप्ताले भने ।
सडक निर्माण जस्तो काम त सबैलाई जानकारी गराई खुल्ला रुपमा उपभोतmा समिति निर्माण गरि कामकाज अगाडी बढाउनु पर्नेमा अध्यक्ष अमिरी प्रसादले यसरी चोरबाटेबाट ढलान प्रक्रिया अगाडी बढाउने कामले भष्टाचारको ठुलो गन्ध आएको स्थानिय रामचन्द्र कानुले बताए । आधा किलो मिटर बजार क्षेत्रको ढलानका लागि करिब ८२ लाख रुपैया बजेट छुटयाएको कानुले बताए ।
ठेक्कदार साहले आफु ठेक्काको सर्त अनुसार काम गर्नका गएको जानकारी दिए ।