बारा / जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवानहरु लाई लक्षित विशेष घुम्ति प्रशिक्षण तालिम शुरु भएको छ । ६ दिने सो तालिम १३ गते सम्म सञ्चालन हुनेछ । तालिममा भिड नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिईने छ ।
तालिमको उद्धघाटन कार्यालयका प्रहरी नायब उपरिक्षक राजेश थापाको प्रमुख आतिथ्यमासम्पन्न भएको हो । तालिममा प्रहरी हवल्दार ७ र प्रहरी जवानहरु २८ गरी ३५ जना प्रशिक्षार्थीहरु सहभागि छन् ।