रकम हिनामिना गरेको आरोपमा बाराका बन अधिकृत सहित चारलाई मुद्या

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । वृक्षरोपण गर्न विनियोजित रकम विरूवा समेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको आरोपमा जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृत सहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काम नै नगरी रकम हिनामिना भएको भन्दै उजुरी निवेदनको आधारमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बाराका जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ नगरपालिका (११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्या दायर गरेको हो ।

आ. ब. २०७३र०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

भ्रष्टाचार भएको पुष्टि भए संगै जनही ३ लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको सहायक प्रब्क्ता भण्डारीले जानकारी दिएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content