काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा केहीबेर अघि भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नु भएको थियो ।
एमाले पार्टी अध्यक्ष ओलीले पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने बताउनु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
भेटवार्तामा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल लगायत सहभागी रहेका थिए ।