काठमाण्डौ । नेपाली कांग्रेस बारा सहित हुन बाँकीमध्ये अधिकांश जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । काँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो ।
समितिले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरेसगै १५ गते गर्न लागिएको निर्वाचन सरेको हो ।