प्रहरीको जवाफी कार्यवाहीमा एक भारतीय गाजा तस्करको मृत्यु

तराइ संचार
तराइ संचार 629 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । प्रहरीको गोली लागेर बारामा एक गाजा तस्करको मृत्यू भएको छ । बुधवार राती ७, ८ जनाको समुहमा ५ वटा पाकेटमा ७५ किलो गाजा नेपालबाट भारत तर्फ लगी रहेको सूचना पाएपछि प्रहरीको टोली त्यस तर्फ गस्तीमा जादै गर्दा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुयाही पुग्दा गस्ती टोलीलाई लक्षित गरी तस्करहरुले १ राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागी नाम नखुलेको एक जना गाजा तस्कर भारतिय नागरिकलाई कम्मरमा गाली लागी घाईते भई उपचारका लागि कलैया अस्पताल ल्याएकोमा निजको राती १ बजेर ३० मिनेटमा मृत्यू भएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिनुभयो । प्रहरीको जवाफी फायरपछि तस्करहरुले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतियलाई प्रहरीको टोलीले पक्राँउ गर्न सफल पनि भएको प्रहरी प्रवतmा थापाले भन्नुभयो । पक्राँउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पन्चायत पिप्रा निवासी बर्ष ४० का हृदेश गिरी रहेको प्रवmता थापाले जानकारी दिनुभयो । अन्य ब्यतिmहरु फरार रहेको छ । घटनाबारे थप अनुसन्धान भई प्रहरीको भनाई रहेको छ । मृतकको शव प्रदेशिक अस्पतालमा राखिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content