शहिद परिवारलाई वेवस्ता गर्दै ४० जना भन्दा बढीलाई नोकरी

तराइ संचार
तराइ संचार 956 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बारा । फेटा गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जुन जगबाट पालिकाको अध्यक्षमा निर्वाचित भए उही जगलाई खिल्ली उडाउदै कमिसनको भरमा ४० जना भन्दा बढी कर्मचारी नियुतिm गरेको आरोप लागेको छ । सुरक्षा गार्ड, नगर प्रहरी, शिक्षक, कार्यालय सहयोगी, अपरेटर, पियन लगायतको कर्मचारीहरुको नियुतिm गरेका भएपनि प्राथमिकतामा शहिद परिवारको कोही पनि नपरेको स्थानीयले आरोप लगाएका छन् ।


२०७२ सालमा मधेस मुतिmका लागि मधेस आन्दोलनमा शाहदत प्राप्त गरेका तत्कालिन फेटा गाबिस वडा नम्बर ८ हाल फेटा गाँउपालिका वडा नम्बर २ जगतपुर निवासी मजिद मियाको साहदतलाई मतदाताहरुको माझमा नाम राख्दै मतदाताहरुको मत उनकै नाम लिई अध्यक्ष निर्वाचित भएको साढे ४ बर्ष बिती सक्दापनि ती शहिदको परिवारलाई भने उनले उपेक्षा गरेका छन । जागिर त परैको कुरा हो रेखदेख समेत नगरी उपेक्षा गर्दै आएकोे मधेसी नेताहरुको आरोप रहेको छ ।

म्धेश आन्दोलनका शहिदका छोरालाई शिक्षा दिक्षाका लागि समेत कुनै सहयोग नगरेको बताईएको छ । स्व शहिद मजिदको श्रीमति, १ छोरा, बुबा, आमा र ३ भाई रहेकोमा घरका एक जना सदस्यलाई समेत रोजगारी नदिई लाखौको चलखेलमा अन्य ठाँउ र पालिकाका भित्रका ४० जना भन्दा बढीलाई रोजगारी दिएको बताईएको छ । यत्रो नियुक्ती दिदा समेत शहिद परिवारलाई उपेक्षा गरेका हुन । रोजगारी दिदा पैसा असुलेको नेपाली काँग्रेस फेटा गाँउपालिकाका सभापति मनोज साहको भनाई रहेको छ । यति मात्र नभई आफना काकाका छोरा भाई, ज्वाई समेतलाई रोजगारी दिएको आरोप छ ।

मोटो रकमको चलखेल गर्नकै लागि नियम बिपरित ईन्जिीनियरलाई निमित प्रमुख प्रशासकियको दर्जामा सबै कामकाज गराउदै आएका छन । स्रोतका अनुसार उपभोतmाबाट, योजनाहरु ठेक्का दिएका ठेक्कदारहरुबाट समेत मोटो रकम कमिसन लिने गरेका साहले बताए । पटक पटक स्थानियहरुले साढे ४ बर्षको बजेटबाट के के काम कहाँ कहाँ भयो, कति कति लागतमा भयो, को को उपभोतmा समिति रहेको थियो, कुन कुन योजना ठेक्कामा दिएको थियो ती सबै कुराहरु पार्दशिता गर्न माँग गरेपनि अहिले सम्म सार्वजनिक नगर्नुले पनि भष्टाचारको ठुलो गन्ध आएको अध्यक्षमा प्रद्धिन्द्धी रहेका रुस्तम मियाले बताए ।

खुल्ला दिशामुतm अभियानमा, बिउ बिजन बितरण, कोरोना कालमा रासन बितरण, माक्स, सेनिटाईजर, ताना, कम्बल, झुल खरिदमा अनियमिता गरे संगै बजारमा रहेको छठघाटको पर्खाल, नेरा माबि फेटाको भवन निर्माण, वडा नम्बर १ देखि ७ सम्मको योजनाहरु जस्तै पुल निर्माण, बाटाघाटो निर्माण, माटो पुरी ग्रोभल, स्वास्थ्य चौकी निर्माण, लगायतका योजनाहरुमा गुणस्तरहिन समानहरुहरुको प्रयोग गरि मोटो चलखेल गरी बजेट झवाम पारेको स्थानियहरु पत्रकार सम्मेलन नै गरी आरोप लगाएका थिए । तर पालिका अध्यक्षले त्यसको कुनै जवाफ दिएनन । पालिका अध्यक्षले आफुले २२ जनालाई रोजगारी दिएको स्वीकार गर्दै शहिद परिवारहरुले अहिले सम्म म कहाँ रोजगारी माग्न नआएको दावी गरे ।

शेयर
प्रतिक्रिया
Skip to content