नेपालमा रामायण पथ बन्ने भएको छ ।

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

१३ असोज, काठमाडौं । नेपाल रामायण पथ बन्ने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को निर्माण गर्न खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

‘रामायण पथको अध्ययन’ नाम दिइएको यो कार्यक्रम प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न हुने गरी निर्माण हुने बोर्डले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र अयोध्या ठोरीमा रहेको बताएपछि यो क्षेत्र चर्चामा रहेको छ । यसअघि पुरातत्व विभागले अयोध्या खोज्न ठोरी क्षेत्रमा उत्खनन् गर्ने बताएको थियो । बोर्डले रामायण पथको अवधारणा ल्याएपछि यसले नया तर· ल्याएको छ । उता, पर्यटन व्यवसायीहरुले नेपालको जनकपुर र भारतको अयोध्यासहित भगवान राम, सीता र रावणसँग जोडिएका गन्तव्यहरु जोड्ने ‘रामायण सर्किट’का लागि काम गरिरहेका छन् । रामायण सर्किटमा भारत सरकारको समेत चासो र सहयोग हुने बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content