शसस्त्र प्रहरीले बारामा १० किलो चरेश बरामद

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 759 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लाको पचरौता नगरपालिका ६ जमुनि नदि सिमा ईलाकामा शसस्त्र प्रहरीले १० किलो चरेश बरामद गरेको छ ।

बिओपि बेनौलीका सप्रनानि लिल बहादुर थाराको कमाण्डमा पाच जनाको पैदल गस्ति टोलीले सो चरेश पक्राउ गरेको हो । नेपालबाट अबैध रूपमा भारत तर्फ २ जना ब्यक्तिले मोटरसाईकल प्रयोग गरी २ वटा ग्यालेनमा करिब १० के.जी. चरेस सोहि स्थानमा छाडी भारत तर्फ फरार भएको हुदाँ उक्त चरेस बरामद गरी आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाउने प्रकृया भई रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content