गायक प्रमोद खरेल निजगढ आउदैं

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । युथ अफ निजगढको आयोजनामा हुन गईरहेको प्रि होली कन्सर्टमा गायक प्रमोद खरेल र गायीका रचना रिमाल निजगढ आउने भएका छन । राष्टिय कलाकार प्रमोद खरेल तथा रचना रिमाल र स्थानिय कलाकारहरुको साथ यस बर्षको प्रि होली कन्सर्ट गर्न लागिएको आयोजक युथ अफ निजगढका अध्यक्ष प्रकाश काफ्लेले बताउनु भयो ।

यही फागुन २८ गते शनिबार निजगढ बैकुट हलमा गर्ने जनाएको छ । ।

आठौं प्रि होली कन्सर्ट कार्यक्रमका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको संस्थाका सचिब कमल पराजुलिले बताए । संस्थाले सोही दिन बिहान रक्तदान कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको जनाएको छ । युथले प्रत्येक वर्ष गर्दै आएको प्रि होली कन्सर्ट गर्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content