विवादित बनेको एमसीसी व्याख्यात्मक टिप्पणी गर्दै अनुमोदन गर्ने निर्णयमा नारायकाजी श्रेष्ठको बिरोध

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सुरज गौतम

काठमाण्डौ । सत्ता गठबन्धनद्वारा एमसीसी आज आईतबारनै अनुमोदन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटरमा आइतबार बिहान बसेको बैठकमा सत्ता गठबन्धनमा एमसीसी अनुमोदन गर्ने विषयमा औपचारिक निर्णय भएको हो ।

 

सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गरिने भएको छ । आइतबार बिहान बसेको गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी छ । एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ ।
बालुवाटार बैठकमा माओवादी केन्द्र र नेकपा एसले मन्त्रिपरिषद् बैठकबाट व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्ने माग गरेका थिए । सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका हुन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’सहित संसद्‌बाट पारित गर्न सहमत भएका हुन् ।

 

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् ।

आइतबार ट्विटरमार्फत नेता श्रेष्ठले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content