सिमरा खानेपानीमा एमालेका बिरुद्ध सत्ता गठबन्धनदल प्यानल सहित मैदानमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । फाल्गुन २१ गते हुन गई रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि राजनैतिक दलहरु दुई वटा प्यानल बनाएर निर्वाचनमा उत्रिएका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै यस अघि देखिका वर्तमान अध्यक्ष कासिम हुसेनको प्यानल र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजकुमार भट्टराई नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले एकातर्फ एक्लै मैदानमा उत्रिएको छ भने अर्कोतर्फ नेपाली काग्रेस सहित नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी सत्ता गठबन्धनका दलहरु अर्को तर्फ रहेका छन् ।
हुसेन नेतृत्वको प्यानलमा पुरानै समितिका सदस्यहरुलाई प्राथमिकता दिईएको छ । उपाध्यक्षमा शशीकुमार गौतम, सचिव जयकिशोर राउत, सहसचिव सानोबाबु कुर्मी र कोषाध्यक्ष लोकराज पौडेल रहेका छन् । यसैगरी खुल्ला सदस्यमा मुमनाथ शर्मा, प्रकाश बहादुर क्षेत्री, तोयानाथ लुईटेल र राजकुमार बर्तौला उम्मेदवार बनेका छन् । महिला सदस्यमा निर्मला केसी र शुभद्रा कुमारीले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष पदका उम्मेदवार हुसेनले चौथो पटक नेतृत्वका लागि उम्मेदवारी दिएका हुन ।

नेपाली काग्रेस सहित नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी सत्ता गठबन्धनका दलहरु भट्टराई नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पूर्णचन्द्र तिमिल्सिना, सचिवमा राजेन्द्र सुवेदी, सहसचिव रुद्रनाथ शर्मा र कोषाध्यक्षमा दिलुमाया श्रेष्ठले उम्मेदबारी दिएका छन् । भट्टराई नेतृत्वको प्यानलबाट चार जना खुल्ला सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यका लागि शिवचन्द्र चौधरी, रामबहादुर लामा, दधिर प्याकुरेल, रामकुमार भट्टराई, रामकृष्ण तिमिल्सिनाले उम्मेदवारी दिएका हुन् ।

यसैगरी दुई जना महिला सदस्यका लागि हुने निर्वाचनमा भट्टराई नेतृत्वको प्यानलबाट एक जनाको मात्रै उम्मेदवारी परेको छ । महिला सदस्यका लागि सञ्चमाया श्रेष्ठले उम्मेदवारी दिएकी हुन् ।

निर्वाचनबाट पाँच पदाधिकारी, चार खुल्ला सदस्य र दुई महिला सदस्य गरी ११ जना निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिए । सिमरास्थित खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा तीन हजार दुई सय २७ मतदाता सहभागी हुनेछन् ।

शेयर
प्रतिक्रिया
Skip to content