बारा । बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा परिक्षार्थीहरुले चिटचोर्न नपाएको रिसमा तोडफोड गरेका छन् ।
बिरजगं कमर्स क्याम्पस बिरगजंमा अध्यानरत विद्यार्थी र हरिखेतान क्याम्पसका बिद्यार्थिहरुले चिट खोसेको बहानामा तोडफोड गरेर आक्रोश पोखेको प्रहरीले जनाएको छ । बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाका अनुसार स्नातक पहिलो बर्षको अर्थशास्त्र विषयको परिक्षामा सहभागि विद्यार्थीहरुले चिट चोर्न नपाएको भन्दै आक्रोश पोखेको हुन् ।
भौतिक सम्पतीमा क्षेती पुगे पनि वास्तविक विवरण आई सकेको छैन । आक्रोशित परिक्षार्थीहरुले क्याम्पसको शौचालय, पानी टंकी लगायत भौतिक सामाग्री तोडफोड गरी नष्ट गरेका हुन । विद्यार्थीहरुले परिक्षा सकिए लगतै परिक्षामा खटिएका नियन्त्रकहरुका सावारी साधनमा समेत क्षेती पु¥याएका छन् ।
विद्यार्थीहरुको समुहले परिक्षामा खटिएका शिक्षकहरुलाई गाली गलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए । शिक्षकहरुले घटनामा संलग्नहरुको पहिचान गरेर कानुनी कार्वाही नभए भोलीबाट परिक्षा संचालन गर्न समेत मुस्कील हुने शिक्षकहरुले बताए ।