स्थानीय निर्वाचनको मिति घोषणा भईसकेको र जनप्रतिनिधिहरुको यो कार्यकाल समाप्तको अवस्थामा जनप्रतिनिधिहरुले पाँच बर्षको अवधिमा जनतासँग गरेका प्रतिबद्धता घोषणापत्र अनुसार के काम गर्न सके या सकेनन् समिक्षा र जनताको चासोको विषय छ । बाराको दक्षिणी क्षेत्र सिमासँगै जोडिएको सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले गाउँपालिकामा आफुले भौतिक पूर्वाधार क्षेत्रमा विशेष प्रगति गरेको बताउनु भएको छ । २०७४ मा जनप्रतिनिधी निर्वाचित भएर आएदेखि कार्यकालको अन्तिम दौरानमा रहेको अवस्थामा गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवसँग भएको कुराकानीमा यादवले सो कुरा बताउनु भएको हो ।
यसै विषयसँग सम्बन्धित रहेर यादवसँग गरिएको साक्षातकारमा दक्षिणी सिमा क्षेत्रसँग जोडिएको सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवसँग पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष समेत रहेका गुरुप्रसाद गौतमले गरेको कुराकानीका संक्षेप यस प्रकार छ ।
१.तपाईको कार्यकालका उपलब्धीहरु के–के छन ?
–२०५८ देखि २०७४ सम्म कर्मचारीले प्रत्यक्ष स्थानीय निकाय सञ्चालन गरेको समयमा गाउँमा कुनै बाटो–घाटो, विद्यालय, भौतिक पूर्वाधान हुन नसकेको सर्वविदिदतै छ । आफू २०७४ सालमा निर्वाचित भएर आएपछि गाउँको बिकासका लागि सर्वप्रथम भौतिक पूर्वाधारमै जोड दिएको उहाँले बताउनु भयो । जसअन्तर्गत म निर्वाचित भइसकेपछि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा विशेष आफ्नो जोड रहेको बताउँदै गाउँपालिकामा रहेका २५ विद्यालयहरुको स्तरउन्नती र भौतिक पूर्वाधान गर्ने काम सम्पन्न गरेको उहाँले बताउनु भयो । त्यसैगरी स्वास्थ्य क्षेत्रको बिकासका लागि हरेक वडा कार्यालयमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनु भयो । आफ्नो गाउँपालिकाका आठै वटै वडा कार्यालयमा कार्यालयहरुको भवन निर्माण गरी जनताहरुलाई सहज रुपमा छिटो र छरितो सेवा प्राप्त गरिने काममा काम गरेको उहाँले बताउनु भयो । त्यसैगरी बाटाघाटाहरुमा ढलान तथा पिच गर्ने काम तिव्र रुपमा अगाडि बढाएको उहाँले बताउनु भयो ।
२. निर्वाचनमुखी कार्यक्रम गर्नु भएको प्रतिपक्षको आरोपलाई के भन्नु हुन्छ ?
–८ वटै गाउँपालिकामा रहेका आफ्ना विपन्न, दलित, अल्पसंख्यक नागरिकहरुलाई आफ््नो कार्यकाल भरी केही दिन नसकेकोले जाँदा जाँदै गिफ्टका रुपमा ग्याँस चुल्हो र सिलिन्डर निःशुल्क वितरण गरेको उहाँले बताउनु भयो । धुँवारहित भान्सा बनाउने उद्देश्यले दुई वार्ड वडा नं. ४ र ८ मा वितरण भईसकेको र सबै वडामा कुल ६ हजार ५०० परिवारलाई ग्याँस चुल्हो र सिलिन्डर निःशुल्क वितरण गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
३. गाउँपालिकाको समस्याहरु के के हुन् ?
–गाउँपालिकाको मुख्य समस्या भनेको जनताको सेवा सुविधा नै मुख्य भएको बताउँदै अध्यक्ष यादवले भन्नु भयो । किसानहरुले सामान्य भन्दा सामान्य आधारभुत आवश्यकता पूरा हुन नसकेको बताउनु भयो । उहाँले किसानहरुले मल, बिउ, बिजन, सिचाइ लगायतको आधारभुत आवश्यकता पूर्ती हुन नसकेको एकातिर छ भने अर्कोतर्फ राज्यको संघीय सरकारले स्थानीय पालिकाको सिफारिश र निर्णयलाई समेत कार्यान्वयन नगरी जनताहरुलाई संघीय सरकारले दुःख दिने गरेको आरोप लगाउनु भयो । सीमाक्षेत्रसँग जोडिएका किसान जनता भएकोले भारतीय बजारबाट ५ किलो चिनी ल्याउँदा होस वा १ बोरा मल खाद्य र बिउ बिजन ल्याउँदा समेत प्रहरी र प्रशासनले जनतालाई दुःख दिने गरेको आरोप उहाँले लगाउनु भयो । आफूले स्थानीय प्रशासनलाई जनतालाई यति परिमाण सम्म भारतीय बजारबाट ल्याउन पाउने व्यवस्था मिलाउन लिखित पत्रचार र सिफारिस गरे पनि प्रहरीले पक्राउ र धरपक्कड गरी दुःख दिने गरेको आरोप उहाँले लगाउनु भयो ।
४. प्रतिपक्षको आरोप कमसल सामाग्री र कमिसनको चलखेल हुने गरेको आरोप छ नि ?
–कुनै पनि योजनामा कमसल सामाग्री र कमिसनको चलखेल नहुने गरेको उहाँले बताउनु भयो । कुनै पनि योजनाको बजेट सहित बोर्ड राखिएको हुन्छ, तोकिएको मात्रामा नभए उजुरी गर्न सक्नुहुन्छ । प्रतिपक्षले आरोप माथि आरोप लगाउनु निराधार तर्क रहेको उहाँले बताउनु भयो ।
५. स्थानीय निकायमा पारर्दीता र सार्वजनिक सुनुवाई नहुनुलाई के भन्नु हुन्छ ?
–हामीले पारदर्शिता र सार्वजनिक सुनुवाई गर्दै आएका छौं । बर्षमा तीन पटक चौमासिक रुपमा सार्वजनिक सुनुवाई हुँदै आएको छ । सार्वजनिक सुनुवाई तथा कार्यक्रमहरुको पूर्ण पारदर्शिता रहेको बताउँदै सार्वजनिक सुनुवाईमा चौमासिक रुपमै प्रस्तुत गर्ने गरेको र जो सुकैले आएर सवाल जवाब तथा प्रश्न उठाउन सक्ने उहाँले बताउनु भयो । यो जरुरी छ सार्वजनिक सुनुवाई नहुँदा बजेटमा दुरुपयोग हुने हुँदा सबै पालिकाले सञ्चालन गर्नु राम्रो हुने उहाँले बताउनु भयो ।
६. स्थानयि तहको निर्वाचनको मिति घोषणा भइसकेको छ फेरी अध्यक्ष पदको उम्मेदवारी दिने विचारमा हुनुहन्छ ?
–हो, म अध्यक्ष पदको उम्मेदवार हो । पार्टीले मलाई उम्मेदवारी दिएको खण्डमा निर्वाचनमा अवश्यक लडुनेछ । त्यसो त पदमा रहदा मैले धेरै उत्कृष्ट कामहरु समेत गरेको छु भन्ने मलाई लाग्दछ । त्यसैले पनि म आफुले पनि पहिलो कार्यकालमा गर्न नसकेका धेरै बांकी काम र प्रतिबद्धताहरु पूरा गर्न फेरी पार्टीले पनि उम्मेदवार दिन्छ भन्ने ठानेको छु ।
७. अन्त्यमा गाउँवासीलाई के भन्नु हुन्छ ?
–म गाउँपालिकाको प्रतावित गाउँपालिकाको अध्यक्षको उम्मेदवार हा । अरु पनि उम्मेदवार हुन्छन । मैले राम्रो काम गरेको छु भन्ने लाग्छ जनता र गाउँलेको नजरमा मैले गरेको काम रम्रो स्वागतयोग्य छ छ भने मलाई मत दिएर फेरी एक बांकी काम पूरा गर्ने अवसर दिनु होला । अन्यथा मैले थालेको काम राम्रा लागेको छैन भने मत नदिन सक्नुहुन्छ ।