आलेप चार बर्षदेखि नहुँदा यस बर्ष ५२ सरकारी कार्यालयको आन्तरिक लेखा परिक्षण भएन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा जिल्लामा आन्तरिक लेखा परीक्षक आलेप चार बर्षदेखि नहुँदा यस बर्ष ५२ सरकारी कार्यालयको दुई त्रैमासिक देखिको आन्तरिक लेखा परिक्षण हुन सकेको छैन । जिल्लामा आन्तरिक लेखा परिक्षक नहुखा बाहिरबाट आलेप अधिकृत मगाएर हुदै आएपनि यसबर्ष हुन नसकेको हो । बारा जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा भएको दरबन्दी अनुसार आन्तरिक लेखा परिक्षक नहुँदा सबै कार्यालयहरुको आन्तरिक लेखा परीक्षण हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख कोष नियन्त्रक पुरुषोत्तम क्षेत्रीले बताउनु भएको छ ।

बारा जिल्लामा ४१ संघीय कार्यालय र ११ प्रदेश कार्यालय तथा १६ पालिकाहरु रहेका छन् । आन्तरिक लेखा परीक्षण नहुँदा यिनीहरुको छ महिना देखिको आन्तरिक लेखा परीक्षण हुन नसकेको हो । कुल १३ दरबन्दी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय बारामा तीन लेखापाल र दुई आलेप अधिकृत गरी पाँच जनाको दरबन्दी खाली रहेको प्रमुख क्षेत्रीले बताउनु भयो । २०७५ मंसिर देखि खाली रहेको आलेप अधिकृत अझैसम्म दरबन्दी पदपुर्ती नहुँदा जिल्लामा रहेका सरकारी कार्यालयहरुलाई निती निर्देशन र गलत खर्च हुनबाट रोक्ने आन्तरिक लेखा परीक्षण हुन नसकेको हो ।

यस अघिका बर्षहरुमा बाहिरबाट आलेप मगाएर आन्तरिक लेखा परीक्षण हुँदै आएको भए पनि अहिले ६ महिना बितिसक्दा समेत कार्यालयहरुको आलेप गर्न नसकिएको उनले बताए ।

कार्यालयहरु बाहेक पनि थप कामहरु बढ्दै गए पनि भु.पु. शिक्षक, आर्मी,हरुलाई कोलेनिका मार्फत काम बढ्दै गएको तर दरबन्दी अनुसार कर्मचारी नहुँदा अनिवार्य दुई जना चेकमा हस्ताक्षर गर्न समेत समस्या हुने र बिदामा बस्न पनि नपाइने गरेको उनले बताए ।

तीन कार्यालय सहयोगी, दुई चालक र लेखापाल कोष नियन्त्रक, आलेप गरी ११ दरबन्दी रहेकोमा हस्ताक्षर गर्ने तीन अधिकृत मात्र रहेको र दुई जना एकै पटक बिदामा बस्नु पर्ने अवस्थामा कोलेनिका बाट हुने सबै काम रोकिने उहाँले बताउनु भयो । चार बर्ष देखि आलेप अधिकृत नभए पनि अहिलेसम्म दरबन्दी अनुसारको पदपुर्ती हुन नसक्नु दुःखद रहेको उहाँले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content