बारा। स्थानीय निर्वाचन नजिकिदै गर्दा पार्टी फेरबदल गर्ने क्रम बढदै गएको छ । नेकपा एमाले बाराका दुई जना जिल्ला तहका नेता सहित आठ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गर्नेहरुमा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम बाराको आदर्श कोतवाल गाउपालिकाका मेयरका प्रत्यासी लालबाबु प्रसाद यादब, पुर्व जिल्ला सदस्य केदार प्रसाद गौतम छन् ।
त्यसैगरी निजगढ–९ योजनास्थित नेत्रोदय मावी व्यवस्थापन समितीका अध्यक्ष एवम एमाले निजगढ नगर कमिटी सदस्य मोहन दुरुङ च्याङ डिसी पनि माओवादी प्रवेश गरेका छन् । निजगढ ९ स्थित जनज्योती आधारभुत विद्यालय अभिवावक शिक्षक संघका अध्यक्ष रमेश गौतम पनि माओवादीमा प्रवेश गरेका छन् ।
राष्ट्रिय युवा परिषद मधेश प्रदेश संजाल संयोजक श्याम साह पनि माओवादी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी निकट गलैंचा श्रमिक संघका केन्द्रीय सहसचिव बुद्ध थिङ, केन्द्रीय सदस्य किरण लामा, श्रमिक बाबु थिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।
माओवादीमा प्रवेश गरेका निजगढका चर्चित अनुहार मध्ये गौतम सामुदायिक विद्यालय व्यवस्थापन समिती माहासंघ केन्द्रीय सदस्य एवंम मधेश प्रदेश ईन्चार्ज हुन् । बाराको निजगढस्थित गौरीशंकर माध्यमिक विद्यालयका पुर्व शिक्षक तथा व्यवस्थापन समिति अध्यक्ष समेत रहेका गौतमलाई एमालले निर्वाचनमा समेत कुनै पदमा नसमेटेपछि असन्तुष्ट थिए । गौतमले विद्यालयमा प्राविधिक शिक्षा, विज्ञान संकाय र प्रस्तावित नमुना विद्यालयको बनाएका हुन ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज डा.गोपाल ठाकुर, मधेस प्रदेश कमिटी सदस्य तथा बारा जिल्ला संयोजक क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश कमिटी सदस्य राजन पौडेल, निजगढ नगर कमिटी सदस्य सन्तोष दंगाल, सचिव रमेश अर्याल, आदर्शगाउँपालिका गाउँ कमिटी सचिव मो. इस्लाम अन्सारी, बारा–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष विनोद कृष्ण पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण प्रदेश कमिटी सदस्य रविराज दंगालले गरेका थिए ।