काठमाडौँ–तराई मधेस द्रुत मार्गमा पर्ने सुरुङ खन्ने काम सुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली सेनाको पहलमा निर्माण भई रहेको काठमाडौँ–तराई मधेस द्रुत मार्गमा पर्ने सुरुङ खन्ने काम सुरु भएको छ ।

द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृत भएपछि सुरुङ खन्ने काम पनि शुरु भएको सैनिक प्रवक्ता नारायण सिलवालले बताएका छन् । सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ ।

दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज १ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज २ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

 

नेपाली सेनाले चार बर्षमा निर्माण सक्ने भनी शुरु गरेको यो बहुचर्चित तथा बहुप्रतिक्षित योजना पटक पटक विभिन्न कारण देखाउदै पछि सर्दै आएको छ । अब तिन बर्ष भित्र सक्ने बताएको नेपाली सेनाले फेरी सार्छ की समयमै बन्छ सबैको चासोको बिषय छ । अहिले सुस्त गतिमा भईरहेको काम अबका दिनमा तिब्ररुपले अघि बढने बिश्वास लिईएको छ । यो सडक निर्माण भएपछि राजधानी काठमाण्डौसगको तराई मधेशको दुरी घटछ ।

शेयर
प्रतिक्रिया
Skip to content