कोरोनाबाट आफै कसरी सुरक्षित हुने

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सरकारले लामो समयको लक डाउन र निशेधाज्ञा हटाएपछि अब कोरोनाबाट आफै सुरक्षित हुनु पर्ने समय आएको छ । सरकारले बन्दाबन्दी खुकुलो बनाएर जनताको हातमा आmै सुरक्षित हुन भनेपछि जनताको आफै सुरक्षित हुने बेला आएको छ । यस्तो अबस्थामा के गर्ने के नगर्ने भनेर सबैको अबको जीवनयापनमा ध्यान दिन यो सामाग्री तयार गरिएको छ ।

बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने ्र सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने ्र काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने ्र कुरा गर्दा मास्क लगाउने ्र
– खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने ्र
– घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने ्र सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने ्र भीडभाडमा नजाने, भीडभाड नगर्ने ्र
– मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने ्र
– हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरी काउन्टरको ब्यबस्थापन गर्ने ्र मास्क नलगाएका ग्राहकलाई मास्क दिने ्र
– सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने ्र
–स्यानिटाइजरले हात सफा गरिरहने ्र बिशेष सतर्क हुने ्र
– सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ्र
– ग्राहक ब्यबस्थापन र भीडभाड नगराउने ्र
– पसल र हरेक सामान संक्रमणरहित बनाउने ्र
– चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ्र
– हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने ्र
– सामान किन्दा किनमेलको लिस्ट घरमै बनाएर जाने ्र पसलहरुमा एकदम छोंटो समय बिताउने ्र
– सकभर तरकारी बजारबाट तरकारी नकिन्ने ्र बसेर छान्ने, छाम्ने काम नगर्ने ्र
– डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा लामो समय नबिताउने ्र
– बैंक तथा सरकारी कार्यालयले सजिलो र छिटो बिधी अपनाउने।क्यासलेस लेनदेनलाई प्रेरित गर्ने ्र टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने ्र फाइललाई डिजिटल बनाउने ्र
– रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने ्र
– पानी, खाजा घरकै प्रयोग गर्ने ्र रेस्टुरेन्ट होटल जानु परे सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने
– कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ्र
– सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ ्र हामी पनि सुरक्षित हुन्छौं ्र

शेयर
प्रतिक्रिया
Skip to content