निजगढ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले बिहीबार ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेकोसगै आज फागुन १९ गते बिहीबार सार्वजनिक विदा भएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ निर्णय भएको बताईएको छ ।