बाराका तीन पत्रकारले ज्येष्ठ पत्रकार भत्ता पाउने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 695 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराका तीन पत्रकारले ज्येष्ठ पत्रकार भत्ता पाउने भएका छन । सरकारले पत्रकारितामा लामो समय बिताएका ज्येष्ठ पत्रकारलाई भत्ता दिने निर्णय गरेको छ।

‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ निर्देशिका बनाउँदै सूचना तथा प्राविधि मन्त्रालयले ज्येष्ठ पत्रकारलाई भत्ता दिने निर्णय गरेको हो । मन्त्रालयको यो निर्णय अनुसार बारामा तीन पत्रकारले न्युनतम पाँच हजार भत्ता पाउने भएका हुन । ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयसगै रामेश्वर मेहता ६५, सत्यप्रसाद श्रेष्ठ ६९ उमेशलाल दास ६६ ले यो सुबिधा पाउने भएका हुन । सरकारको यो निर्णय अत्यन्तै राम्रो रहेको भन्दै पत्रकारहरुले स्वागत गरेका छन ।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ज्येष्ठ पत्रकारलाई सरकारले भत्ता दिने निर्णय गरेको जानकारी दिएको हो । फागुन ११ गते मन्त्रालयको बैठकले अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजार रुपैयाँका दरले भत्ता पाउने भएका हुन् ।

शेयर
प्रतिक्रिया
Skip to content