बारा । नेपाली काङ्ग्रेस जिल्ला समिति बाराको आज बिहिबार उम्मेदवारी दर्ता कार्यक्रम भई रहेको छ । निर्वाचन अनुसार बिहान आठ बजे देखि साझ ४ बजेसम्म उम्मेदबारी दर्ता गराउन पाउनेछन । नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार बारामा २४८० मतदाता रहेका छन् ।
सभापति, उपसभापति , सचिब, सह सचिब र पालिकाबाट २, नगरबाट ३, उपमहानगरबाट ५ जना गरी ४३ पालिका र समाबेशी क्लस्टर ३० गरी ७३ सदस्य गरी कुल ८० पदका लागि निर्वाचन हुन लागेको हो । २१ गते निर्वाचन गर्ने कार्यक्रम अनुसार आज उम्मेदबारी भईरहेको हो । श्री तिनचन्द्र हाईस्कूल कलैयामा २१ गते बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने नि. जिल्ला निर्वाचन अधिकृत उप्रेतीले बताए ।