नेपाली काग्रेस बारामा त्रिपक्षिय भिडन्त, पदाधिकारीमा ककसको उम्मेदवारी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली काग्रेस बारामा त्रिपक्षिय भिडन्त हुने भएको छ ।  आज बिहिबार भएको उम्मेदबारी दर्तामा प्यानल सहित तीन जना सभापतिका उम्मेदवारहरुले प्यानल सहित उम्मेदबारी दर्ता गरेका हुन । यस अघि प्रचारप्रसार गरेकै उम्मेदबारहरु मात्रै सभापतिका उम्मेदबार बनेका छन् । ७३ जना सदस्य पद सहित ७ पदाधिकारी पदका लागि २३२ जनाको उम्मेदबारी परेको र उम्मेदबारी परे अनुसारको नामाबली ८ः३० बजे प्रकाशन गर्न तयारी भईरहेको नि. प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतिले बताउनु भयो ।

पदाधिकारीमा को को कसकसको प्यानलबाट उम्मेदबारी दिए

नेपाली काग्रेस सभापति देउवा पक्षका दुई उम्मेदवार शम्भु बहादुर बुढाथोकी र राजेश राय यादब दुवै नेता सभापतिका उम्मेदबार बनेका छन भने शेखर कोईराला र खानेपानी मन्त्री उमाकान्त चौधरीको प्यानलबाट सभापतिमा रामानन्द प्रसाद यादब सभापतिमा प्रतिस्पर्धामा उत्रिएका छन् । त्रिपक्षिय प्रतिस्पर्धा भएकै कारण एकै पटक ५१ प्रतिशत पुराउन उम्मेदबारहरुलाई कठिन रहेको छ । पहिलो चरणबाट को फालिने र कसलाई समर्थन गर्ने आधारमा दोश्रो चरणमा को जित्छ भन्ने कठिन रहेको नेताहरुले बताएका छन् ।

उम्मेदबारी दर्ता प्यानल बाहेक स्वतन्त्र उम्मेदबारी कसैले पनि दिएका छैनन । शम्भु बहादुर बुढाथोकी प्यानलबाट उपसभापतिमा देवेन्द्र उपाध्याय र अमिरीलाल राउत रहेका छन् ।

त्यसैगरी रामानन्द प्रसाद यादबको प्यानलबाट उपसभापतिमा मनोज भट्ट र पेमासिद्धि लामा रहेका छन ।

राजेश राय यादबको प्यानलबाट अजय कुमार साह तेली र यमुना प्रसाद कानु गरी कुल दुईका लागि छ जनाको उम्मेदबारी परेको छ ।

त्यसैगरी कुल दुई सचिब पदका लागि छ जनाको उम्मेदबारी परेको छ । बुढाथोकी प्यानलबाट भैयाराम प्रसाद यादब र राजेन्द्र कुमार जयसवाल रहेका छन ।

रामानन्द प्रसाद यादबको प्यानलबाट विजय प्रकाश साह रौनियार र राजेश कुमार रौनियार रहेका छन ।

राजेश राय यादबको प्यानलबाट सचिबमा रामेश्वर प्रसाद यादब र अब्दुल हकिम अंसारी प्रतिस्पर्धाका लागि उम्मेदबारी दिएका छन ।

कुल दुई सह सचिब पदका लागि छ जनाको उम्मेदबारी परेको छ । बुढाथोकी प्यानलबाट प्रमोद प्रसाद यादब र कृष्णदेव प्रसाद जयसवाल रहेका छन ।

रामानन्द प्रसाद यादबको प्यानलबाट राजेश कुमार सिह भुमिहार र सोभिलाल प्रसाद मण्डल रहेका छन ।

राजेश राय यादबको प्यानलबाट सह सचिबमा नारायण प्रसाद अधिकारी र श्रवण चौधरी प्रतिस्पर्धाका लागि उम्मेदबारी दिएका छन ।

 

शेयर
प्रतिक्रिया
Skip to content