पर्सा । नेपाली कांग्रेस पर्साको जिल्ला अधिबेशनबाट सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ ।
नेपाली काङ्ग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका उम्मेदवार क्षेत्री सम्पूर्ण प्यानलसहित विजयी भएका हुन् । निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीका अनुसार जिल्ला सभापतिमा क्षेत्री ४ सय ६५ मतले विजयी भएका हुन् ।
निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गरे भने पटेलले केवल ६ सय ४५ मत ल्याएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो ।
जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । क्षेत्रीकै प्यानलबाट उम्मेदवारी दिएका कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेश कुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सह(सचिवमा नविन सिंहले १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ ल्याएर विजयी भएका छन् ।
निर्वाचनमा ६७ पदका लागि १ हजार ८ सय ३० जना मतदातामध्ये १ हजार ७ सय ७९ जनाले मतदान गरेको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।