कांग्रेस बाराको निर्वाचन फेरी अन्यौल, ब्यवस्थापनको कमजोरीका कारण मतदान स्थगित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 981 - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको निर्वाचन फेरी कहिले हुने भन्ने अन्यौल बनेको छ । निर्वाचन समितिले यही अबस्थामा बारामा निर्वाचन गराउन नसकिने जनाउदै केन्द्रिय निर्वाचन समितिलाई जानकारी गराउने तयारी गरेपछि बाराको निर्वाचन अन्यौल बनेको हो । शनिबार भइरहेको निर्वाचनमा निर्वाचन समितिको आन्तरिक ब्यवस्थापनको कमजोरीका कारण मतदान स्थगित भएको हो ।

के भन्छन त नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेती

निर्वाचन समितिलाई नेपाली काग्रेस जिल्ला कार्य समिति बाराले कुनै सहयोग गरेन । सहयोग नगरेपनि दलका सभापतिका उम्मेदबारहरुको सुझाव र सल्लाहमै निर्वाचन तय गरेको हो । शुरुमै हामीले यत्रो बिधी मतपत्र छाप्न हस्ताक्षर गर्न अनी मतदान स्थल तयारीका लागि कम्तीमा दुई दिन मागेपनि उहाँहरुले एकै दिनमा निर्वाचन गर्न सहमति भए अनुसार निर्वाचन शुरु गरेको हो ।

सोही अनुसार शुरुमा आचारसंहिता बनाएर निर्वाचन तालिका अनुसार बिहान ८ बजे निर्वाचन शुरु गर्न खोजेपनि निर्वाचन करिब १ बजे शुरु भएको हो । ५० मत खसेपछि फेरी उम्मेदबारहरुलेनै निर्वाचन रोक्न माग गरे विहान बनाएको आचारसंहिता परिवर्तन गर्न भनेर । तीनै सभापतिका उम्मेदबारलाई राखेर केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार फेरी परिचयपत्र नभएपनि क्षेत्रिय प्रतिनिधि कार्ड र आफुले ईच्छाएको ब्यक्तीबाट मतदान गर्न पाउने गरी अगाडि नपाउने गरी बनाएको आचारसहिता पाउने गरी बनाएका हौ ।

कुनै एक उम्मेदबारको मात्र कुरा सुनेर काम भएको छैन । पटक पटक कार्यक्रम परिवर्तन कम समयमा ब्यबस्थापन गर्न नसकेर परिवर्तन गर्नु परेको हो । कुनै सहयोग नगर्ने , समय पनि नदिने यस्तो अबस्थामा बारामा यो निर्वाचन समितिले निर्वाचन गर्न सकिदैन । आजै ११ बजे मुख्य निर्वाचन अधिकृत सहित बैठक गरेर केन्द्रिय निर्वाचन समितिलाई जानकारी गराउछौ ।

केहि मतदाताले मतपत्र नियन्त्रणमा लिइ आफै बैलेट पेपर लिएर मतदान गरेको र समय निकै कम र ब्यवस्थापनमा निकै जटिलता भएको साथै अमर्यादित भएकोले निर्वाचन स्थगित गर्नु परेको नि. जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए । निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुका साथै खसेको सबै मत रद्द गरेको छ । मतदानमा १६०० मत खसेको थियो । काँग्रेस बारामा कुल २ हजार ४ सय ८१ मतदाता रहेका छन् ।

निर्वाचन समितिको कमजोरीले निर्वाचन भद्रगोल – मतदाता

दिनभर घाममा लाईनमा बसेका मतदादाताहरुले भने सबै कमीकमजोरी निर्वाचन समितिको रहेको बताएका छन् । निर्वाचन समितिले आफनो विवेक र निर्वाचन स्वतन्त्र र धाधली रहित बनाउन खेल्नु पर्ने भुमिका खेल्नु पर्ने भएपनि उम्मेदबारहरुको कुरा सुन्दै मतदाताको भावनालाई उपेक्षा गर्दै मनपरी निर्वाचन कार्यक्रम गरेका कारण नै मतदान भद्रगोल बन्न पुगेको मतदाताहरुले बताएका छन ।

पटक पटक निर्वाचनको कार्यक्रम उम्मेदबारको माग बमोजिम आधा आधा घण्टामा परिवर्तन गर्दै आएको निर्वाचन समितिको अपरिपक्व कार्यले आजित धेरै मतदाता मतदाननै नगरी दिउसै हिडेका थिए । उम्मेदबारी दर्ता देखिनै निर्वाचनको कार्यक्रम पटक पटक परिवर्तन गर्दै आएको निर्वाचन समितिले शनिबार बिहान ८ बजे देखि सुरु हुने भनिएको मतदान दिउसो १ बजे पछी मात्र मतदान प्रक्रिया सुरु गरेको थियो ।

त्यस पछीपनि उम्मेदबारहरुले जे भने त्यही गर्दै पटक पटक पहिले बनाएको आचासंहिता परिवर्तन गर्न घण्टै मतदान रोकेर उम्मेदबारहरुको कुरा सुनेका कारण निर्वाचन सफल हुन नसकेको हो । एक पटक बनाएको निर्वाचन आचारसहिता परिवर्तन गर्न शुरु भई ५० मत खसेपछि मतदान झण्डै डेढ घण्टा रोकेर निर्वाचन समितिले केही उम्मेदबारहरुको माग बमोजिम फेरी खुकुलो गरी आचारसंहिता बनाएकै कारण एकातर्फ मतदान ढिलो भएको अर्को तर्फ उम्मेदबार र उनका प्रतिनिधिहरुलेनै अरुको मत ब्यप्त गर्न थालेपछि मत किनबेचको आशका भएको थियो ।

केही उम्मेदबारले गरेको मागलाई निर्वाचन समितिले स्वीकार गरी परिचय खुल्ने कागजपत्र नभएपनि मत हाल्न पाउने गरी निर्वाचन समितिले शुरुमा नपाउने गरी बनाएको आचारसंहिता परिवर्तन गरेपछि निर्वाचन भद्रगोल बनेको मतदाताहरुले बताएका छन । त्यस्तै मतदान गर्न नसक्ने मतदाताले रुजाएका ब्यक्तीले मत ब्यप्त गर्न पाउने गरी आचारसंहिता परिवर्तन गरेपछि सबै धेरै नेताहरुले आ–आपना मानिस पठाउदै मत ब्यप्त गर्न थालेका कारण विवाद बढेको र निर्वाचन स्थगीत गर्नु पर्ने अबस्था पुगेको आरोप मतदाताहरुले लगाएका छन् ।

अधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा पक्षका शम्भु बहादुर बुढाथोकी तथा राजेशराय यादव र कोईराला पक्षबाट रामानन्द यादव प्रतिस्पर्धामा छन् ।  यसले गर्दा आम मतदातालाई मत दिन बारम्बार आउन समस्या हुने मतदाताले बताएका छन ।

नेपाली काग्रेस बारामा त्रिपक्षिय भिडन्त, पदाधिकारीमा ककसको उम्मेदवारी

शेयर
प्रतिक्रिया
Skip to content