आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा सहित कार्यकर्ता एमाले प्रवेशका लागि पुर्व प्रधानमन्त्री केपी ओली बारा आउने, विभागहरु गठन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.9k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली यही फागुन २८ गते बारा आउने भएका छन् ।

आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा अन्सारी सहित एक हजार नेता कार्यकर्ता नेकपा एमाले प्रबेश गर्ने भएपछि ओली बारा आउने भएको बाराका अध्यक्ष बिनोद साहले बताउनु भयो ।

बाराको च्युटाहामा पार्टी प्रबेश लगायत कार्यकर्ता भेलाको तयारी अध्यक्ष साह सहित कार्य समितिले तयारी गर्ने बैठकले निर्णय समेत गरेको छ । मधेसी जनअधिकार फोरम राजपाबाट अध्यक्ष पदमा विजयी भएका अन्सारी एमाले प्रबेश गर्न लागेका हुन ।

नेकपा एमाले बाराको कलैयामा आज सम्पन्न भएको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता साहले सो जानकारी दिएका हुन । बैठकले प्रचार विभाग प्रमुखमा टिना सुवेदी, सचिबमा पुरुषोत्तम साह बनेका छन् ।

प्रेस चौतारी विभाग प्रमुखमा गोकुल घोरसाईने, संगठन विभागको प्रमुखमा सचिब अध्यानन्द पाण्डे, आर्थिक विभाग प्रमुखमा रविन्द्रदास श्रेष्ठ, विद्यार्थि विभाग प्रमुखमा दुर्गा गौतम, बुद्धिजिवि विभाग प्रमुखमा बरुण गौतम, राष्ट्रिय उद्योग बाणिज्य संघको विभाग प्रमुखमा राजकुमार पोख्रेल लगायतको कार्य विभाजन समेत गरेको छ ।

कार्य विभाजनमा केहीलाई दुई तिन पद र केहीलाई समेट्न नसकेको मापदण्ड विपरित कार्यविभाजन भएको भन्दै केही नेता कार्यकर्ताले विभाजन प्रति असहमति समेत प्रकट गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content