दुई झड्पमा बारा सिम्रौनगढमा नौ घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 913 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । सड्क विस्तारको विषयमा झड्प हुँदा बाराको सिम्रौनगढ नगरपालिका–३ नैकाटोल र वडा नं ११ भगवानपुरमा भएको दुई झडपमा नौ जना घाईते भएका छन ।

करिब बिहान ९ बजे बाराको सड्कको बारेमा स्थानीय सिंह परिवार र यादब परिवार दुई छिमेकीबिच विवाद हुँदा भएको झड्पमा उनीहरु घाईते भएका हुन । शूरुमा स्थानिय मनोज सिंह लगायतका परिवारले अचानक बन्चरो प्रहार गरेपछी यादब समुहका ४ जना सिकिस्त घाईते भएका हुन ।

घाइते हुनेहरुमा जयराम यादव, धर्मेन्द्र यादव, दिलवा देवी र मेराज यादव रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । घाईते भएका चारै जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनिहरुको उपचार सिम्रौनगढ नगर अस्पतालमा नभएपछी थप उपचारका लागि विरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।

बन्चरो प्रहार गर्ने समुहका २ जना समेत सामान्य घाईते भएको र घट्नाबारे थप अनुसंधानका उनीहरु लाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी बारा सिम्रौनगढ न.पा वडा नं ११ भगवानपुर बस्ने रामनाथ साह र सुरेश साह बिच साईकलको बिषयलाई लिएर भएको अर्को झगडामा रामनाथ साह, निजको श्रीमती कोशीला देवी घाईते भएका छन् ।

त्यसैगरी अर्को पक्ष सुरेश साह, निजको छोरा बिवेक साह, छोरी निरा कुमारी घाईते भएको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content