निजगढ । पुर्व पश्चिम मेची महाकाली रेलमार्ग निर्माण अन्र्तगत निजगढ हेटौडा भरतपुर खण्डको सर्भेको काम फेरी अगाडि बढ्ने भएको छ ।
बाराको निजगढमा आज आईतबार सो रेल्बेका सोसलोजिस्ट वातावरण र पुर्नवास विज्ञ देवीप्रसाद डोटेल र निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल सहित सरोकारवाला वडा अध्यक्षहरुको छलफलले सर्भेको काम अघि बढाउने सहमति गरेको छ ।
यसकासाथै रेल्बेको स्टेसन यस अघि निजगढ ४ लाई प्रस्ताब गरिएपनि पुलमा आकासे पुल हुदै लैजादा समस्या आएपछि अब निजगढ ९ मसानघाट छेउ र रतनपुरीको डम्बरपुरमा बन्ने भएको छ ।
सर्भेका क्रममा कुनै समस्या आए समाधान गर्दै जाने गरी काम अघि बढाउन सहमति गरेसगै अब सर्भेको काम अघि बढने भएको हो । एक महिनामै सकेर निर्माण प्रकृयामा अघि बढ्ने लक्ष्यका साथ अघि बढेको रेल्बेका रेल्बेका अधिकारीहरुले जनाएका छन् ।
निजगढमा यस अघि रेल्वे बिच बस्ती हुदै जाने गरी भएको डिजाईन निजगढ नगरपालिकाका नगर प्रमुख खनाल र निजगढबासीको माग बमोजिम बकैया खोलाको किनार डयाम हुदै लैजाने गरी प्रारम्भीक नक्सा समेत बनेपछि नगरवासीलाई सर्भेमा सहयोग गर्न र समस्या भए समाधान गर्दै जाने गरी सहमति भएको हो ।
रेल्वेको सर्भेमा सहयोग गर्न नगरप्रमुख खनालको आग्रह
निजगढका बस्तीलाई असर नपर्ने गरी रेल बन्ने भएकोले यसलाई सबैले सहयोग गर्न नगरबासीलाई नगर प्रमुख सुरेश कुमार खनालले आग्रह गर्नु भएको छ ।
रेल्बेको स्टेशन आसपासमा बजार ब्यापार हुने र नजिकै बसपार्क तथा औधोगिक क्षेत्र खेल मैदान हुदा ब्यबस्थित शहरमा सहयोग पुग्ने भएको नगर प्रमुख खनालले बताउनु भयो । नगर प्रमुख खनालले रेल्बेले बकैया खोला छेउ हुदै तटबन्धको ब्यबस्था गरेर निजगढमा वारी डयाम हुदै जाने भएकोको आउने दिनमा बकैया खोला बस्तीमा पस्ने त्रास सधैका लागि समाधान समेत हुने हुदा निजगढबासीलाई यो योजनाले फाईदा पुग्ने नगर प्रमुख खनालले बताउनु भयो ।
यो राष्ट्रिय योजना भएकोले निजगढ नगरको माग सम्बोधन हुने गरी काम अघि बढेकोले केही साना तिना समस्याहरु भए विकल्प तयार गरी सर्भे पश्चात फाईनल छलफल गरेर मात्र निर्माणको काम अघि बढने नगर प्रमुख खनालले बताउनु भयो ।
एक महिनामा सर्भेको काम सक्ने तयारीकासाथ अघि बढेको छ – डोटेल
रेल्बेका सोसलोजिस्ट वातावरण र पुर्नवास विज्ञ देवीप्रसाद डोटेलले रौतहटको चोचादेखि नवलपुरको आठ किलोसम्म १३५ किलो मिटरको सर्भे गर्ने काम एक महिना भित्र सक्ने लक्ष्य रहेको बताउनु भएको छ । अन्यत्र सर्भे सकेपनि निजगढ क्षेत्रमा यस अघिदेखि विवाद हुदै आएपछि सर्भेको काम रोकिएको थियो । सहमति भएर प्रारम्भिक नक्सा समेत परिवर्तन भएपछि अब पुनः काम शुरु हुन लागेको हो । त्यसपछि बाताबरणीय परिक्षण लगायतका काम पनि तिब्ररुपमा काम अघि बढाउने गरी काम अघि बढीरहेको छ । मुवाब्जा, असर समेत निकालेपछि कम असर पर्ने गरी सामाजिक प्रभावको जनधारणा समेत बुझेर काम अघि बढ्ने डोटेलले बताए ।
सर्भे लगायतको अहिले भईरहेको काम अन्तराष्ट्रिय कोरियन कम्पनी युसुन र फुल ब्राईट कन्सलटेन्सी नेपालको सम्योजनमा भईरहेको उहाँले बताउनु भयो ।
यस अघि ५ बर्ष अघिनै सबै ठाँउमा सर्भे भई सकेपनि सिमरा हुदै हेटौडा लैजादा निकुञ्ज परेका कारण छलेर लैजाने भएपछि निजगढ हुदै हेटौडा लैजान पुन सर्भे भएको हो । सर्भे पछि जनधारणा बुझने र राय सुझाव संकलन पछि माटो परिक्षण, क्षतिपुर्तिको लगाएको रिपोर्ट बुझाउने काम आफुहरुको भएको उनले बताए ।
मानिसहरुको शंका रेलका कारण घर हल्लने चर्कने आवाज आउने जस्ता कुराको जनतालाई कुनै असर नपर्ने गरी काम भईरहेको उहाँले बताउनु भयो । विद्यालय गाउ समाजमा साउण्ड पोलुसन त कसरी नियन्त्रण गर्ने काम हुने भएकोले घरसगै बाट गएपनि मजबुत लिगको जग बन्ने भएकोले कसैले पनि डर मान्न नपर्ने उहाँले बताउनु भयो । लिगले केन्द्रविन्दुबाट २५ मिटर दायाबाया गरी ५० मिटरमा मात्र समस्या हुने भएको भएपनि सहज र रेल्बे सुरक्षाका लागि १५० मिटर दायाबाया नापजाच गरीने डोटेलले बताए ।