होलीमा जिल्ला प्रहरी बाराको ११ बुदे अनुरोध

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ नेपाल प्रहरीले काम गरी रहेको जनाउदै होली पर्वमा जिल्ला प्रहरी कार्यालय बाराले ११ बुदे अनुरोध गरेको छ ।

होली पर्व २०७८ सालको सम्पुर्ण जन समुदायमा शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय बारा, समुदाय–प्रहरी कार्यक्रम जिल्ला समिति बाराले होली खेल्दा सभ्य तरिकाले होली खेलौं , रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगरौँ लगायतको ११ बुद्धे अनुरोध जारी गरेको हो ।

त्यसैगरी सवारी साधन तिव्र गतीमा नचलाऔं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं , मोटर साईकल चलाउदा २ जना भन्दा बढी सवारी नगरौँ र हेलमेटको अनिवार्य प्रयोग गरौ , बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग, अविर नलगाउन अनुरोध गरेको छ ।

त्यस्तै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्लिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरंजनको नाममा गाजा,भाङग, लागुऔषध तथा अन्य नशालु पदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।

त्यस्तै होली खेल्दा सुरक्षित साथ खेलौँ, सभ्य नागरीकको परिचय दिन र होलीको नाउँमा धार्मिक र सम्प्रदायिक सदभावमा खलल पुग्ने खालका कुनै पनि कृयाकलाप नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content