सिमरा । सिमरा खानेपानीमा एमाले राप्रपा र राष्ट्रिय जनमोर्चाको प्यानलनै विजयी भएको छ । उपाध्यक्ष बाहेक कासिम हुसेन प्यानलनै बिजयी
भएको हो । उपाध्यक्ष भने कांग्रेस, माओवादी, नेकपा एस गठबन्धनका पूर्ण चन्द्र तिमल्सिना विजयी भएका हुन । ३ हजार २८७ जना मतदाता रहेको उपभोक्ता समितिको निर्वाचनमा २ हजार ५ सय ६२ मत खसेको थियो ।
निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एस एकातिर थिए भने नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चा अर्कोतर्फ थिए ।
निर्वाचन अधिकृत मदन बहादुर क्षत्रीका अनुसार अध्यक्षका उम्मेदवार कासिम हुसेनले १३ सय ३३ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा अध्यक्षका प्रत्यासी राजकुमार भट्टराईले ११ सय १९ मत प्राप्त गरेका छन् । उपाध्यक्षका प्रत्यासी एमाले गठबन्धनका शशि कुमार गौतमले ११ सय ६३ मत प्राप्त गरे भने उपाध्यक्षमा काग्रेस गठबन्धनका पूर्ण चन्द्र तिमल्सिनाले ११ सय ८९ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
सचिवका उम्मेदवार जय किशोर राउतले १२ सय २९ मत ल्याएर विजयी भए भने कोषाध्यक्षका उम्मेदवार लेकराज पौडेल मधुले १२ सय २८ मत ल्याएर विजयी भए । सह–सचिवका उम्मेदवार सानु बाबु कुर्मीले १२ सय २४ मत ल्याएर विजयी भए ।
सदस्यहरुको लागि भएको निर्वाचनबाट मुमनाथ शर्मा केशब, प्रकाश बहादुर क्षेत्री खुलाल, तोयानाथ लुईटेल, राजकुमार बर्तौला, निर्मला केसी, शुभद्रा कुमारी निर्वाचित भएका छन् ।