स्थगित काग्रेस बाराको जिल्ला अधिबेशन फागुन २५ गते ३ चन्द्र माबिमा हुने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 962 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली काग्रेसको १४ महाधिबेशन अन्र्तगत बारा जिल्लाको जिल्ला अधिबेशन फागुन २५ गते हुने भएको छ । पटक पटक सर्दै आएको र २१ गते भएको निर्वाचन स्थगित भएपछि फेरी २५ गते गर्ने गरी सभापतिका उम्मेदबारहरुले सहमति गरेसगै निर्वाचन समितिले २५ गतेका लागि निर्वाचनको तयारी गरेको नि. जिल्ला निर्वाचन अधिकृत राज कुमार उप्रेतीले बताए ।

बाराको श्री ३ चन्द्र माबिमा बिहान ८ बजे देखि ५ बजे सम्म निर्वाचन हुने नि. जिल्ला निर्वाचन अधिकृत उप्रेतीले बताउनु भयो ।

अधिवेशनअन्तर्गत हुने निर्वाचनमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, रामानन्द यादव र शम्भु बुढाथोकी सहित तीन जना सभापति पदमा प्रतिस्पर्धा गर्दै छन । बारामा काङ्ग्रेस को २४८० मतदाता रहेका छन् ।

नेपाली काग्रेस बारामा त्रिपक्षिय भिडन्त, पदाधिकारीमा ककसको उम्मेदवारी

 

नेपाली काग्रेस बारामा त्रिपक्षिय भिडन्त, पदाधिकारीमा ककसको उम्मेदवारी

नेपाली काङ्ग्रेस बाराको कुल ८० पदका लागि आज बिहिबार उम्मेदवारी दर्ता हुदै

 

 

 

शेयर
प्रतिक्रिया
Skip to content