जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । तराई मधेसबाट राजनिति गर्दै आएको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने भएका छन ।

बाराको पचरौतामा १५ शैयाको नगर अस्पतालको २६ गते उद्धघाटन गर्न यादब बारा आउन लागेका हुन । मधेसी दलहरुमा केही समयदेखि देखिएको फुट र केन्द्र र प्रदेश तहका नेताहरुको गलत रबैकाका कारण धेरै कार्यकर्ता अन्य पार्टीमा जाने होड चलेको छ ।

आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारी सहित एक हजार नेता कार्यकर्ता फागुन २८ गते नेकपा एमाले प्रबेश गर्ने भएपछि केन्द्रिय अध्यक्ष एवम पुर्व उपप्रधानमन्त्री यादब दुई दिन बारा बस्ने गरी आउन लागेका हुन ।

नगर अस्पतालको उद्धघाटन भन्दा कार्यकर्ताहरुमा पार्टीप्रति बढेको बितृष्णा कम गर्न यादब बारा आउन लागेको एक नेताले बताए ।

जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादब यही फागुन २५ गते बारा आउने

आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा सहित कार्यकर्ता एमाले प्रवेशका लागि पुर्व प्रधानमन्त्री केपी ओली बारा आउने, विभागहरु गठन

शेयर
प्रतिक्रिया
Skip to content