केन्द्र र प्रदेसको यस्तै रबैयाले निर्वाचनमा पार्टीले ठुलो पराजय बेहोर्ने निश्चत– केन्द्रिय सदस्य प्रमोद गुप्ता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम सबिधान सभाका सदस्य प्रमोद गुप्ताले केन्द्र र प्रदेसका नेताहरुले कार्यकर्ताको भावना प्रतिकुल काम गर्दै आएको आरोप लगाए ।

उनले पार्टीको यस्तै रबैया रहे धेरै कार्यकर्ता पार्टी छाड्दै जाने कार्यकर्ताहरुले बताउन थालेको उनले बताए ।

आदर्श कोतवाल गाँउपालिका अध्यक्ष मुस्तुफा सहित कार्यकर्ता एमाले प्रवेशका लागि पुर्व प्रधानमन्त्री केपी ओली बारा आउने, विभागहरु गठन

गुप्ताले केन्द्र र प्रदेसका नेताहरुले स्थानीय तहमा जितेका र पार्टीबाट उठेर हारेका पुर्व जनप्रतिनिधिहरुको पुरै बेवास्था गरेको आरोप लगाउनु भयो । आफना नजिकका मान्छेलाई मात्र काखी च्यापेर हिड्ने काम नरोकिए आउने स्थानीय निर्वाचनमा पार्टीले ठुलो पराजय बेहोर्नु पर्ने गुप्ताले बताए ।

पर्सामा केही समय अघि राजेशमान सिह लगायतको कार्यकर्ता एमाले प्रबेश गरे भने अब एक हजार बाराबाट एमाले प्रवेश गर्ने कार्यक्रम सुनेको छु । अन्य जिल्लामा पनि पार्टी छाड्ने क्रम चलेको छ । यसको जिम्मेबार केन्द्र र प्रदेसका नेताहरु भएको उनले आरोप लगाए ।

शेयर
प्रतिक्रिया
Skip to content