एकै परिवारका ५ जनाको मृत्यु

तराइ संचार
तराइ संचार 356 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडा नम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्मा रहेका छन् । दुई दिनका एक नावालको भने उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थाका भेटिएका २२ वर्षीय शुभ तामाङको भने अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्धी विक्रम शाहका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । सुत्केरीका लागि कोइला बालेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको अनुमान छ ।

शेयर
प्रतिक्रिया
Skip to content