नेपाली काँग्रेस धनुषामा आज मतदान हुदै

तराइ संचार
तराइ संचार 1.7k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

धनुषा । नेपाली काँग्रेस धनुषामा आज मतदान हुदैछ । त्रिपक्षीय प्रतिश्पर्धा रहेको धनुषामा बिहान १०ः४० बाट शुरू भएको भए पनि धेरै उम्मेदबारहरुलाई मत दिनुपर्ने लामो कार्यसमितिका कारण दश ठाउँमा जानु परेकोले एक जनालाई एक घण्टा भन्दा बढी समय लाग्ने गरेको धनुषाका पत्रकार राम भरत साहले बताउनु भएको छ ।

निर्वाचन आयोगको कमजोर तयारीका कारण बिहान आठ बजे देखि हुने भनिएको मतदान अढाई घण्टा ठिलो गरी शान्तिपूर्ण मतदान हुँदै गरेको साहले बताउनु भयो ।

हरेक पालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने सबैलाई मत हाल्नुपर्ने कारण मतदान ढिलो हुने उनले बताउनु भयो । जुन पालिका हो त्यहीको मतदाताले प्रतिनिधि छान्नु पर्ने भएपनि अन्य गाउपालिकाका सबैले मत हाल्नु पर्ने एकातर्फ अब्यबहारिक र अर्को धेरै समय लाग्ने देखिएको उनले बताए । टण्टलापूर्ण घाम पानी र टेण्टको समुचित व्यवस्था नहुनाले मतदातामा आक्रोश पोखेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content