धनुषा । मधेस प्रदेशका चार जिल्लामा आज मतदान भईरहेको छ कांग्रेसले जिल्ला नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।
नेपाली काँग्रेस धनुषामा त्रिपक्षीय प्रतिश्पर्धा रहेको धनुषामा बिहान १०ः४० बाट शुरू भएको भए पनि धेरै उम्मेदबारहरुलाई मत दिनुपर्ने लामो कार्यसमितिका कारण दश ठाउँमा जानु परेकोले एक जनालाई एक घण्टा भन्दा बढी समय लाग्ने गरेको धनुषाका पत्रकार राम भरत साहले बताउनु भएको छ ।
निर्वाचन आयोगको कमजोर तयारीका कारण बिहान आठ बजे देखि हुने भनिएको मतदान अढाई घण्टा ठिलो गरी शान्तिपूर्ण मतदान हुँदै गरेको साहले बताउनु भयो ।
हरेक पालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने सबैलाई मत हाल्नुपर्ने कारण मतदान ढिलो हुने उनले बताउनु भयो । जुन पालिका हो त्यहीको मतदाताले प्रतिनिधि छान्नु पर्ने भएपनि अन्य गाउपालिकाका सबैले मत हाल्नु पर्ने एकातर्फ अब्यबहारिक र अर्को धेरै समय लाग्ने देखिएको उनले बताए । टण्टलापूर्ण घाम पानी र टेण्टको समुचित व्यवस्था नहुनाले मतदातामा आक्रोश पोखेका छन् ।
धनुषामा संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा रहेका छन् । तीनै जना प्यानलसहित नै मैदानमा उत्रिएका हुन । तीन उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा रहेकाले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना भने कमै रहेको छ । सिरहामा भने पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धामा रहँदा यादवलाई संस्थापन र चौधरीलाई इतर पक्षको समर्थन छ ।
सर्लाही र रौतहटमा दुई–दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम आउने छ । सर्लाही सभापतिका लागि संस्थापनबाट सुरेन्द्र सिंह र इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा रहँदा रौतहटमा सभापतिका लागि संस्थापनबाट सुनिल कुमार यादव र इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।
नेपाली काङ्ग्रेस बाराको कुल ८० पदका लागि आज बिहिबार उम्मेदवारी दर्ता हुदै