निजगढ परिवार नियोजनको अस्थायी साधन ईम्प्लाण्टप्रति आकर्षण बढदो

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 808 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

निजगढ । ग्रामिण महिलाहरुमा परिवार नियोजनको लामो अस्थायी साधन ईम्प्लाण्टप्रति आकर्षण बढेको छ ।

बाराको रतनपुरीमा निजगढ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्याटेलाईट शिविरमा ईम्प्लाण्ट लगाउने महिलाहरुको चाप बढेको हो । आईतबार र सोमबार रतनपुरीको तीनै वडामा सम्पन्न शिविरमा ५५ जना महिलाहरुले ईम्प्लाण्ट लगाएका छन् । ईम्प्लाण्ट प्रति आकर्षण बढेको नगरपालिका स्वास्थ्य शाखाकी सि.अ.न.मी. रामप्यारी तिमल्सिना बताउनु हुन्छ । लगाउन आएका महिलाहरु सबैलाई समय नपुगेर फर्काउनु समेत परेको उहाँले बताउनु भयो ।

ईम्प्लाण्ट लगाउने महिलाहरुको चाप बढनुको कारण एक पटक लगाएपछि पाँच बर्ष सम्म ठुक्क हुने र प्रयोगमा पनि झन्झटिलो नभएको कारण यसको प्रयोग र माग दिनदिनै बढेर गएको तिमल्सिनाले बताईन ।


उनका अनुसार शिबिरमा निजगढ वडा नं. १० का १८, १२ का ११ र १३ का २६ गरी ५५ जना महिलाहरुले ईम्प्लाण्ट प्रयोग गरेका हुन् ।
महिलाले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधनहरु पिल्स, डिपो, आयुसिडी भन्दा ईम्प्लाण्ट प्रयोग गर्न सजिलो र लामो समय गर्भ राख्न नचाहनेहरुका रोजाईमा परेको हो । निजगढमा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र र रतनपुरी स्वास्थ्य चौकीबाट यो सेवा लिन सकिने बताइएको छ ।

तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताद्वारा महिलाको पाखुराको छालामुनि राखिन्छ । नेपालमा ३ वर्षे तथा ५ वर्षे दुवै थरिका इम्प्लाण्ट प्रयोगमा भएको भएपनि महिलाहरुको माग पाच बर्षेमै हुने गरेको बताईएको छ । एक पटक लगाएपछि इम्प्लाण्टले ३ वा ५ वर्षसम्म गर्भ रहन दिदैन ।
समय अवधि पूरा भएपछि यसले काम गर्दैन । त्यसैले यसलाई निकाल्नु पर्छ । तर, यदि महिलाले बच्चा चाहेमा कुनै पनि समयमा यसलाई निकाल्न सकिने बताईएको छ । ईम्प्लाण्ट लगाएको २४ घण्टापछि यसले काम गर्न शुरु गर्छ भने ईम्प्लाण्ट झिकेपछि महिलाले सजिलैसँग गर्भधारण गर्न सक्छिन ।

ईम्प्लाण्टले कसरी गर्भ रहन दिँदैन

ईम्प्लाण्ट प्रयोग पछि डिम्बाशयबाट डिम्ब निष्काशन हुन दिंदैन । पाठेघरको मुखबाट निस्किरहने तरल पदार्थलाई बाक्लो बनाई शुक्रकीटलाई पाठेघरभित्र जानमा अवरोध पु¥याउँछ । पाठेघरको भित्री पत्रलाई पातलो गर्दछ र गर्भ बस्न दिदैन ।

ईम्प्लाण्ट कस्ता महिलाले कहिले प्रयोग गर्ने ?

ईम्प्लाण्ट महिलाले लामो अवधिसम्म गर्भ रहन नदिनका लागि प्रयोग गरिने परिवार नियोजनको अस्थायी साधन हो । एउटा बच्चा भएकी र अर्को गर्भ तुरुन्तै नचाहेको खण्डमा लामो अवधिसम्म गर्भान्तर गर्न चाहने महिलाले यसको प्रयोग गर्ने गरेका छन् । स्थायी बन्ध्याकरण गर्न नचाहने तर तत्काल बच्चा पनि नचाहने महिलाले, स्तनपान गराइरहेकी महिलाले यसको प्रयोग गर्न सक्छन ।

कस्तो अवस्थामा इम्प्लाण्ट नलगाउँने ?

गर्भपतन भएको र एच.आई.भी. संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी एच.आई.भी.को औषधी सेवन गरिरहेकी महिलाले यसको प्रयोग गर्न हुदैन । गर्भ रहेको थाहा भएको वा शंका लागेमा, योनीबाट रगत बग्ने कारण पत्ता नलागेको , कलेजो सम्बन्धी रोग भएका , क्षयरोग र छारेरोगको औषधी खाने गरेका , ईम्प्लाण्ट लगाउने उपयुक्त समय महिनावारी भएको ७ दिन भित्र भएपनि महिला गर्भवती नभएको यकिन भएमा महिनावारी भएको जुनसुकै समयमा पनि लगाउन सकिन्छ ।

इम्प्लाण्ट लगाएपछि कसैकसैमा देख्न सक्ने असरहरु

महिनावारी गडबड हुने, धेरै दिनसम्म अथवा धेरै मात्रामा रगत जान सक्ने, दुई महिनावारीको वीचमा पनि रगतका थोपाहरू देखा पर्न सक्ने, महिनावारी रोकिन सक्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, शरीरको तौल वढ्ने ।

ईम्प्लाण्टका फाइदाहरु

स्तनपान गराउने आमाहरुले पनि प्रयोग गर्न सकिने, महिनावारी हुँदा रक्तश्राव कम हुने र पेट दुख्न कम गराउने र पाठेघरको भित्री पत्रमा क्यान्सर हुनबाट बचाउने , ईम्प्लाण्ट शरीरको अन्य भागहरुमा सर्देैन । यसले शारीरिक कमजोरी तथा रोगी हुदैन । ईम्प्लाण्टको प्रयोगले बाझोपन हुुदैन ।

शेयर
प्रतिक्रिया
Skip to content