काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरमा फरार बारा जिल्ला साविक अमरपट्टी गाविस–४ परिवर्तित पचरौता नपा–८ निवासी ५३ वर्षीय राम एकवाल चौधरीलाई पक्राउ गरेको छ । बारा घर भई हाल काठमाडौँ महाराजगञ्ज बस्ने उनलाई काठमाडौँ लाजिम्पाटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटन ललितपुरको विसं २०७७ फागुन २१ गतेको फैसलाबाट रु आठ लाख ७५ हजार जरिवाना र चार दिन कैद सजाय तोकेपछि चौधरी फरार थिए ।