बारा । बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकालाई आफनै नातामा काका पर्नेले बलत्कार गरेको आरोप पिडीत परिवारका आफन्तले लगाएका छन् । बिगत असोज १ गते बेलुका उनलाई २६ वर्षका काकाले बलात्कार गरेको आरोप उनले लगाएका छन् । ‘साँझ आठ भाइलाई खाना खान बोलाउन घरबाट निस्केको समयमा काका पर्ने यादबले समातेर को हो भन्दै कराउँदा मुखमा सल कोचि घिसार्दै घर भित्र लगेर जर्बजस्ती गरेको पिडीत परिवारका आफन्तले लगाएका छन् ।
बल गरेर कराएको सुनेर आएका कृष्ण यादवले बचाएको उनले बताएकी छन् । काकालाई भगाएपछि मलाई नै कुट्न लागेको र बताएकी छन् । घटनापछि काका पर्ने यादब फरार छन् । घटना मिलाउन चलखेल भइरहेको भएपनि बालिकाको परिवार न्याय नपाएसम्म नछाड्ने बताएका छन् । डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी आमा बताउँछिन् । गाउँका पञ्चहरुमार्फत मिल्न दवाब आएको उनले बताएकी छन् । रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै मिलाउनु पर्छ नत्र भने राति गोली चल्न पनि सक्छ भन्दै धम्की दिइरहेका छन् । हामीलाई पैसा हैन, न्याय चाहिएकोले रातभरी जागाराम बस्नु पर्ने अवस्था आएको उनले बताईन । त्यसो त प्रहरीकोमा जाँदा घरमै जानु भनेर फर्काएको उनले बताइन् । यस्तो परेको बेला वडा अध्यक्षले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ । वडा अध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाउन् भन्ने पक्षमा आफू रहेको बताएका छन् । ‘तीन दिनपछि घटनाबारे थाहा पाएपछि मैले नै प्रहरी कार्यालयमा गएर उजुरी गर्नुस् भनेको हुँ’, वडा अध्यक्ष कलवारले बताए । उनको उजुरी असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको छ । बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले बताए । फरार आरोपीलाई पक्राउ गर्न भारतमा समन्वय भइरहेको उनले बताए । बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको बारेमा जानकारी नभएको मिश्रले बताए ।
१२ बर्षीया बालिकालाई आफनै नातामा काका पर्नेले बलत्कार गरेको आरोप

प्रतिक्रिया
प्रतिक्रिया