आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस बारा लगायत देश बिदेशमा भब्यरुपमा मनाई रहेको छ । बारामा पनि विभिन्न कार्यक्रम गरी यो दिबश मनाई रहेको छ । अहिले तीन तहको सरकार भएपनि महिलाहरुको समस्या जहाँको त्यही छ । केही महिलाहरु आफनो क्षमतामा अगाडि आएपनि धेरै महिलाहरु अझै पनि हिसांको सिकार हुदै आएका छन् । महिलाहिसामा निम्न बर्ग भन्दा उपल्लो बर्गबाटै धेरै थिचोमिचो हुने गरेको छ । नारी दिवस मनाउने र मञ्चमै महिलालाई यसो गर्नु पर्छ भनेर अर्ति उपदेश दिने उपल्लो बर्गलेनै महिलाहरुका हक, अधिकार र न्याय सुनिश्चित गर्न नसकेसम्म महिलाको हक अधिकार र हिसा उन्मुलन हुन सक्दैन ।
घरपरिवारदेखिनै सबै ठाउमा महिलाको सम्मान आवश्यक भएपनि हुन सकेको छैन । महिलाहरुलाई राज्यले हरेक स्थानमा ३३ प्रतिशत सहभागिता दिदैमा पुरुष प्रधान देशमा महिलाले अधिकार पाए भन्न सकिदैन । महिला माथि प्रलोभनमा पारेर होस वा जानीजानी हिसा र बलत्कारका घटनामा कमी हुन सकेको छैन ।
५० प्रतिशत भएका महिलाहरुलाई ३३ प्रतिशत महिला हरेक स्थानमा सहभागिता सबिधानमै उल्लेख भएपनि अहिलेसम्म दलहरु र उपल्लो बर्गलेनै पालना गरेका छैनन । अनी दिबश र मञ्चमा भाषण गरेरमात्र महिला मुक्ती हुदैन । राज्यको न्याय पुराउने सुरक्षाकर्मीहरु अधिकाशले एक श्रीमति हुदाहुदै दोश्रो विवाह गरेका धेरै उदाहरण छन । जनप्रतिनिधि होस वा उपल्लो कर्मचारी हाकिमहरुबाट महिलाहरु बलत्कृत हुदै आएका छन । महिला बलत्कारका उपल्लो बर्गका दोषीहरु खुलेआम टाउको उठाएर हिड्दै आएका छन । अनि राज्यले ३३ प्रतिशत महिला सभभागित पुराएर महिलाहरुको मुक्ती भयो त छैन । यसतर्फ तीनै सरकार सचेत र सजक हुनु पर्छ ।
महिलाहरुलाई रोजगारीमा अबसर दिनुपर्छ । महिलाहिसा गर्नेलाई हदै सम्मको तीनै तहका सरकारको कानुन अनुसार कार्वाही हुनु पर्छ । महिलाहरुलाई समाबाट शंका मात्र हैन उत्प्रेरणा आबश्यक छ । समाजले शंका गर्दै खाखै नखाएको दोष थुपार्ने हाम्रो अन्थो समाज महिला प्रति शंका होईन सहयोगी बन्न सकोस भन्ने शुभकामना सहित सम्पुर्ण महिला दिदि बहिनीमा दिबश भब्य र सभ्यरुपमा मनाऔ ।