बाराको कलैयामा मोटरसाईकल दुर्घटनामा पाँच घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 757 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको सदरमुकाम कलैयामा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा पाँच घाईते भएका छन् ।

कलैया ५ स्थित कलैया बिरगंज सडक खण्डमा कलैयाबाट बिरगंज तर्फ जादै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्र.०२–०२१ प ९७९५ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खादा उनीहरु घाईते भएका हुन ।

घाईतेहरुमा चालक कलैया १८ मोतिसर टोल बस्ने पवन गुप्ता निजकी श्रीमति निभा पटेल रहेका छन । त्यसैगरी अर्को बाईकका चालक फेटा गा.पा.१ भलुही टोल बस्ने प्रदिप कुमार दास , एै निवासी रामबिन्य दास र सोही ठाउँका रोहित कुमार दास रहेका छन ।

उनीहरुको प्रादेशिक अस्पताल कलैया र तराई हष्पिटल बिरगंजमा भईरहेको छ । दुबै मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको बाराको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता एवम नायब उपरिक्षक राजेश थापाले बताउनु भयो

शेयर
प्रतिक्रिया
Skip to content